जुम्लामा पार्क निर्माणमा भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर

31

काठमाडौं – जुम्लाको तिला गाउँपालिकाका नाग्मा पार्क निर्माणमा भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय, सव-इन्जिनियर प्रेमबहादुर बस्नेत विरुद्ध मुद्दा दायर गरेको हो ।

त्यसैगरी मुद्दा दायर हुनेहरुमा नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाई पनि रहेका छन्।

कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्याङ्‍कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू