कोशी प्रदेशबाट जसपा बाहिरियो, स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

15

काठमाडौं – कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् ।

बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले कोशी नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको बताइन् ।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए।

सरकारमा बसेर पार्टीको तर्फबाट मन्त्री पहिचानको एजेन्डा राख्दा सम्बोधन नभएको र सरकार पक्षबाट आन्दोलनकारीमाथि दमन गरेका कारण सरकारबाट बाहिरिएको उनले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू