सोमबारको विदेशी मुद्रा विनिमय दर

36

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ । आजका लागि एक युरोको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४१ पैसा तोकिएको भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३२ पैसा तोकिएको छ । स्वीस फ्रयांक १ को खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११६ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलरका लागि आज खरिददर ७८ रुपैयाँ ३० पैसा र बिक्रीदर ७८ रुपैयाँ ७२ पैसा, क्यानडियन डलर १ को खरिदर ८६ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ८६ रुपैयाँ ७८ पैसा तथा सिंगापुर डलरको खरिददर ८३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८४ रुपैयाँ २० पैसा तोकिएको छ ।

१०० कोरियन वनको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तथा कतारी रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकिएको छ । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू