संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने संकल्प

6

काठमाडौँ – राष्ट्रिय एकता अभियानले संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने अवधारणा पत्र सार्वजनिक गरेको छ । आइतबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुसँगै अभियानका संयोजक विनय यादवले अवधारणा सार्वजनिक गरेगरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता घुसाइएको बताए । आफू तत्कालीन उपराष्ट्रपति हुँदा पनि आफूले पत्तो नपाएको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले हाम्रो मुलुक बन्नुअघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताए।  ‘हामीले हाम्रो सनातन धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न सक्यौं भने संसारको सबैभन्दा शक्तिशाली मुलुक नेपाल बन्नेछ,’ उनले भने ।

अभियानका अध्यक्ष विनय यादवले नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताए ।

हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए ।  ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादिकालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उनले भने, ‘नेपालमा अनादिकालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू