बालेनलाई फिल्म रोक्ने कानुनी अधिकार छैन : उच्च अदालत

20

काठमाडौं – उच्च अदालत पाटनले काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र शाहलाई महानगरपालिकाभित्रका हलहरूमा फिल्म प्रदर्शन रोक लगाउने कानुनी अधिकार नरहेको जनाएको छ ।

काठमाडौं महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलले मंगलबार निषेधाज्ञाको आदेश दिएका हुन् ।

भारतीय सिनेमा ‘आदिपुरुष’मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने शाहले सामाजिक संजालमार्फत घोषणा गरेका थिए ।

उच्च अदालत पाटनले मेयर शाहले कानुनी अधिकार बिना नै भारतीय फिल्म प्रदर्शनीमा रोक लगाउने कार्य गरेको उल्लेख गरेको छ ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू