मन्त्री राजभण्डारीलाई ५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

29

काठमाडौं – उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

मन्त्री राजभण्डारीविरुद्ध परेको ‘अदालतको अवहेलना’ मुद्दामा बुधबार उच्च अदालतले मन्त्री आफैँ उपस्थित भएर लिखित जवाफ र बयान दिन आदेश गरेको हो।

कायम मुकायम मुख्य न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा ५ दिनभित्र लिखित जवाफ पेश गर्न र असार २० गते बयानका लागि स्वयंम मन्त्री राजभण्डारी उपस्थित हुन आदेश दिएको हो।

उच्च अदालतका न्यायाधीशले पैसा खाएर स्टेअडर दिएको विवादित अभिव्यक्तिको दिएपछि मन्त्री राजभण्डारी विरुद्ध रिट निवेदन दर्ता भएको हो।

मन्त्री राजभण्डरीले असार १० गते विराटनगरको एक कलेजको कार्यक्रममा बोल्दा अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू