यातायात नारायणगढ-मुग्लिन सडक सञ्चालन

21

काठमाडौं – दुई वटा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।

सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शनिरवार दिउँसोबाट पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षा शुरू भएसँगै चितवनको नारायणघाटस्थित तुइन पुल नजिकै र नाम्सीमा पहिरो खसेको थियो। शनिबार बिहान खसेको पहिरो पन्छाएको केही समयपछि फेरि ढुंगा खसेका थिए। जसले गर्दा सडक अवरुद्ध भएको थियो।

दुवै स्थानको पहिरो पन्छाएर सडक सञ्चालन भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ। दिउँसो केहीबेर एकतर्फी सञ्चालनमा आएको सडक अहिले भने दुईतर्फी नै सञ्चालन भएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू