काठमाडौं – अविरल वर्षापछि गएको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ स्थित खण्डको ३०/३५ मिटर क्षेत्रमा पहिरो गएकाले यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए अनुसार पहिरो पन्छाएर सडकमा यातायात सुचारु गर्ने प्रयास भइरहेको भएतापनि निरन्तर वर्षाका कारण कठिनाइ भएको छ।
यथाशिघ्रबाटो सञ्चालन गर्नका लागी सो क्षेत्रमा प्रहरी सहायक निरीक्षक सुवास खतिवडाको कमाण्डमा प्रहरी टोली खटाइएको उनले बताए।
हेटौंडाबाट काठमाडौं जान हिँडेका हल्का सवारी साधनहरूलाई ठिंगन प्रहरी चौकीले सडक सञ्चालन नभएसम्मका लागि लामबद्ध गरी रोकेर राखेको छ।
हेटौंडा आवतजावतका लागी अहिले त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल, सिस्नेरी, चित्लाङ् र थानकोट सडकखण्डमा भने सवारी साधन सञ्चालन भइरहेको छ।