काठमाडौं – भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।
सो विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीसँग भेटेर शैक्षिक अवस्थाका बारेमा जानकारी लिएका छन्।
यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम केन्द्रबाट सम्बन्धन समेत पाएको छ। नेता निधिले यस्तो सम्बन्धले नेपाल भारत सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने विश्वास व्यक्त गरे।
विश्वविद्यालयका उपकुलपति प्रा. करुणेश सक्सेना, रजिष्टार प्रा. राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिंग डाइरेक्टर डा. एस एन मोदानीले नेता निधिको स्वागत गरेका थिए।
उक्त अवसरमा डा. मोदानीले संगम विश्वविद्यालयले २० वर्षमा गरेका शैक्षिक उपलब्धिबारे जानकारी गराएका थिए।