लुम्बिनीमा कांग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिने

28

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए ।

नवलपरासी (पश्चिम ) मा आयोजना गरिने प्रशिक्षणलाई बरिस्ठ नेता डा. शेखर कोइराला लगायतका शिर्ष नेताहरू सम्बोधन गर्नेछन् ।

समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए । प्रशिक्षण पश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनको भनाइ थियो ।

प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ती बैठक सन्चालन गर्ने र सोही क्रममा आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू