काठमाडौं – सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साललाई बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो।
सेवा अवधिका कारण भरतराज पौड्यालले अवकास पाएपछि पराष्ट्र मन्त्रालयको सचिव रिक्त थियो। सोही पदमा लम्साललाई बढुवा गरिएको हो। परराष्ट्र सचिव बन्ने सेवा लम्साल पहिलो महिला हुन्।
यसैगरी सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ।
त्यसैगरी विद्युत खपत बृद्धि तथा खनिज इन्धन न्यूनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।