आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

7

काठमाडौं – नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले शनिबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको सो पदका लागि दरखास्त मागेको हो।

गत मंसिर २६ गते तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएपछि रिक्त रहेको पदमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी निगमकै नायब कार्यकारी निर्देशक नागेन्द्र शाहलाई दिइएको छ।

मन्त्रालयले कार्यविधि बनाएर मापदण्ड पुग्नेहरुबाट रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।

दरखास्तका लागि निगमले २१ दिनको समय तोकेको छ। ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका इच्छुक र योग्य नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। यससम्बन्धी थप विवरण मन्त्रालयको वेवसाइटमा पढ्न सकिनेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू