बढुवा भए लगत्तै अस्ताए न्यायाधीश मरासिनी

24

काठमाडौं – पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ।

मङ्गलबार बिहान ९ बजे घरमा बसिरहेका बेला छातिमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।

५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। बढुवा भएर हाजिर भएको दुई दिनमै उनको मृत्यु भएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू