अरुण चौधरी लगायतलाई ४ दिन थुनामा राख्न अनुमति

18

काठमाडौं – काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि चार दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सङ्गठित अपराधको आरोप नलगाए प्रहरीले २३ दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति पाउन सक्छ।

यो प्रकरणमा अहिलेसम्म चौधरी, थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरिसकेको छ। सीआइबी प्रमुख किरण बज्राचार्यका अनुसार उनिहरुलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।

चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको उनीहरूमाथि आरोप छ। यसबारे अख्तियारले पनि छानबिन गरिरहेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू