मेरो देश महान् छ

7

देशको लागि सच्चा देशभक्त………..

देशको लागि सच्चा देशभक्त चाहिन्छ

मेरो देश महान् छ

जन्मभूमिको रक्षाको लागि सधैँ तयार छु

यो देशलाई मन भित्र राख्छु

नालापानी  युद्ध लडेको इतिहास पढ्नुपर्छ

टिस्टा र काँगडा सम्म पनि यात्रा गर्नु छ

सतलज सम्मको भूमि हेर्ने चाहना छ

विशाल नेपालको निर्माण गर्न वाकी छ

सच्चा देशभक्ति जीवनको मूल मन्त्र हो

बुद्ध भूमि,शान्ति भूमि वीरहरूको देश हो यो

देशको स्वाभिमानलाई सधैँ सचेत राखे

लिपुलेक र सुस्ता भित्रको  नेपालीपनलाई खोजे

पुर्खाको चिनो स्वतन्त्र देश सबैको मनमा छ

नेपाली हुनुमा हामीमा गर्व हुनुपर्छ

देशको लागि सच्चा देशभक्त चाहिन्छ

मेरो देश महान् छ

नाम – गोबिन्द राज ओझा (राजन)                          

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू