काठमाडौं – युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बाका प्रमुख श्याल्पा तेन्जिङ रिन्पोछेको अगुवाइमा नेपालका धार्मिक तथा पर्यटकिय सम्पदा सफाइ गरिएको छ ।
वागमती सफाइ अभियानका अभियन्ता एवं पुर्व मुख्य सचिब, पुर्व राजदुत एवं श्री लीलामणि पौडेल, काठमाडौं महानगरपालिका १५ वडाका वडा अध्यक्ष श्री ईश्वर मान डङोल, वडा सदस्य श्री बिजु श्रेष्ठ लगायतका अभियन्ताको उपस्थिमा काठमाडौंका स्वयम्भु पशुपतिनाथ र वौद्ध क्षेत्र सफाइ गरिएको हो ।
युनिभर्सल पिस स्यान्चुरीको तर्फबाट यस सफाई कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला ब्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा.लिका प्रबन्धक मीत्र प्रसाद घिमिरे, क्लिन ईट अपसाईक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरण थापा, बागमती सफाई अभियन्ता किसोर शाही लगायतका अभियन्ताको सकृय सहभागिता रहेको उक्त कार्यक्रम बैशाख ८, ९ र १० गते सञ्चालन भएको हो ।
सफाइ कार्यक्रममा फोहोरलाई कुहिने नकुहिने जल्ने नजल्ने लगायत विभिन्न भागमा वर्गिकरण गरी संकलन गरीएको थियो । संकलनमै वर्गिकरण गरेपछी यसको व्यवस्थापनमा सजिलो भएको सफाई कार्यक्रमका संयोजक छोईङ देचेनले जानकारी दिए ।
कार्यक्रममा श्याल्पो गुन्बाका भिछुहरु, अमेरिकन राजदुतावासका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, थुप्रै युवा अभियन्ताहरु निस्वार्थ रुपमा सरसफाईको यस नयाँ मोडलमा फोहोर संलन गर्न विभिन्न संघ संस्थाहरुमार्फत सहभागी भएका थिए ।
कार्यक्रममा सबैको सकृय सहभागीता भएकोमा आफु निकै हर्षित भएको बताउँदै गुम्बाका प्रमुख रिन्पोछेले आगामी दिनमा पनी यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
