बझाङमा एकीकृत समाजवादीसहित आठ दलको जमानत जफत

36

काठमाडौं – बझाङको  प्नदेश सभा (१) सदस्यका लागि सम्पन्न उपचुनावमा एकीकृत समाजवादीका उम्मेदवारसहित आठजनाको जमानत जफत भएको छ।

११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा रहेको यो उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ भने कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ।

मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो। जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाए। यसैगरी, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू