चट्याङबाट बच्न चौतारामा एक दिने प्रशिक्षण

25

काठमाडौं – सिन्धुपाल्चोक जिल्लामा अहिलेसम्म चट्याङका ३७ घटना भएका छन् । जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोकका अनुसार सोहि घटनामा २० जनाले ज्यान गुमाएका छन् भने ६६ जना घाईते भएका छन् ।

यसबाट १७ लाख ६६ हजार बराबर क्षति भएको बिहिवार चौतारामा आयोजित चट्याङबाट बच्न सचेतना तथा प्रशिक्षण कार्यशालामा जानकारी गराइएको जिल्ला विपद ब्यवस्थापन सिन्धुपाल्चोकका फोकल  पर्सन रबिराज धितालले बताए ।    

जिल्ला विपद ब्यवस्थापन समिति सिन्धुपाल्चोक, RIMES,  usaid,  लगायतका सरकारी तथा गैर सरकारी संस्थाको समन्वयमा आयोजना भएको कार्यक्रममा  चट्याङ तथा विद्युतीय जोखिम न्यूनीकरणका लागि ज्ञान प्रवाह गरीएको थियो ।   कार्यक्रममा सरकारी तथा सुरक्षा निकाय, स्थानिय तहका विपद फोकल पर्सन ,संचारकर्मी , नागरिक समाजका अगुवा सहित ५० बढीको सहभागीता रहेको छ ।

कार्यक्रका उदेश्य,राइम्सले बिपद् व्यस्थापन लगायत क्षेत्रमा गरेका कार्य बारे राइम्सका नेपाल देश कार्यक्रम प्रमुख पुजा शाक्यले जानकारी गराएकी थिइन् ।

कार्यक्रममा चट्याङको परिचय, यसका प्रभाव, सुरक्षाका उपायहरूका बारेमा नेपालमा चट्याङका विषयका एक मात्र विज्ञ श्री राम शर्माले प्रकाश पारे । चट्याङका विषयमा अध्ययन गरेका अमृत साइन्स कलेजका प्राध्यापक डा.  शर्माले चट्याङको जोखिममा रहेको तीन क्षेत्रमध्ये नेपाल एक भएको र अफ्रिकालाई छोड्ने हो भने बाँकी महादेशमा चट्याङबाट सबैभन्दा धेरै मृत्युदर भएको देश नेपाल रहेको बताए ।  मौसममा उतारचढाव आएर बादल गड्याङगुडुङ शुरू हुनेबित्तिकै घरभित्र बसिदिए मात्रै पनि अहिले मर्ने आधाको ज्यान जोखीने प्राध्यापक डा. शर्माले बताए । 

आकाशमा गड्याङगुडुङ सुनेपछि घरभित्र पस्ने, पौडने, माछा मार्ने जस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नबस्ने, केही गरी खुला ठाउँमा भए दुई घुडाँबीच टाउको लुकाई बस्ने जस्ता सुरक्षाका उपाय अपनाउन उनले सुझाव समेत दिए । मेघ गर्जन थालेपछि घरभित्र समेत विद्युतीय सामग्री प्रयोग नगर्न, धारा खोलेर पानी प्रयोग नगर्न, केबुल तथा एन्टेनाको तार उपकरणबाट छुटाउन तथा झ्यालढोका बन्द गरी भित्ताबाट टाढै बस्न उनको सुझाव छ । 

नेपालमा चट्याङका कारण ठुलो जनधनको क्षति भएको हुनाले केहि सावधानी अपनाएर सो क्षतिलाई घटाउन सकिने राईम्सका कार्यक्रम प्रमुख पुजा शाक्यले बताइन् । बंगालको खाडीबाट उठ्ने मनसुन वायुको सक्रियता शुरू हुनु अगावै नेपालमा पूर्व मनसुनी वायुको तीव्र उतारचढाव शुरु हुन्छ, जसले विपद्को सिलसिला शुरु गर्छ ।

प्रि–मनसुनका वेलादेखि बढी क्रियाशील हुने चट्याङले मात्रै बर्सेनि झण्डै सय जनाको ज्यान लिने गरेको छ ।  यो बाढी–पहिरोले भन्दा पनि धेरैको ज्यान लिने प्राकृतिक विपद् बनिरहेको  जिल्ला विपद ब्यवस्थापन समितिको भनाई छ । रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू