गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि

21

पोखरा, (रासस) – गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए ।

नवलपरासी बर्दघाट सुस्त पूर्व्स्थित धवादी फलाम खानीमा प्रदेश सरकारले तीन प्रतिशत शेयर खरिद गर्ने र सोही बराबर हिस्साबापत १२ करोड लगानी गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ । बैठकले फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिने निर्णय गरेको बताउँदै उनले प्रदेश सरकार गठनसँगै सरकारका कार्यालयहरुको भौतिक व्यवस्थापन विषय संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले निर्माण मापदण्ड राख्नुपर्ने विधेयक बनाउन लागिएको बताए ।

यसैगरी बैठकले प्रदेश सिँचाइ सम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागिसमेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसअघि प्रदेशसभाका सम्पन्न चार वटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू