इन्डोनेसियामा बाढीका कारण कम्तिमा २१ जनाको मृत्यु

37
तस्वीर : द गार्जियन

एजेन्सी/जकार्ता – इन्डोनेसियाको राजधानी जकार्तामा वर्षापछि आएको बाढीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । नयाँ वर्षको पहिलो दिन आएको बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन् ।
जकार्ताको मौसम, जलवायु तथा जिओफिजिक्स एजेन्सी (बिएमकेजी)का अनुसार त्यहाँ एक दिनमा नै ३७७ मिलिलिटर वर्षा भएको छ । सन् १९९६ यता एक दिनमा भएको यो सबैभन्दा ठूलो वर्षा हो ।

इन्डोनेसियामा सन् २०१३ मा वर्षापछिको बाढीका कारण ४७ जनाको मृत्यु भएको थियो । वर्षापछिको बाढीका कारण भएको यो त्यसयताकै ठूलो क्षति हो ।
पूर्वी जकार्ताका अधिकांश क्षेत्रमा ३३५ मिलिलिटर भन्दा बढी तथा बेकासी क्षेत्रमा २५९ मिलिलिटर भन्दा बढी वर्षा भएको जनाइएको छ । एक दिनमा १५० मिलिलिटर भन्दा बढी वर्षा भएमा त्यसलाई भीषण वर्षा मानिन्छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू