महान्यायाधिवक्तामा बडाल नियुक्त

62

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना  बडाल महान्यायाधिवक्ता थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् ।

null

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू