६ उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय

68

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूको काटिएको लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले विद्युत लाइन काटिएका ६ वटा उद्योगको लइन जोड्ने निर्णय गरेको हो।

बैठकले आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरेको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ती भए लगत्तै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई यी उद्योमा बिजुली जोड्न निर्देशन दिएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू