गडतौला बनिन् नेपालको पहिलो महिला मुख्य सचिव, कार्यकाल एक महिना मात्रै

113

काठमाडौं – सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन्। विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनेछिन्। गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्।

नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामती सेवामा राम्रै कर्म गरेकाले उक्त जिम्मेवारी प्राप्त भएको बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दियो। दश दिनपछि आज मुख्यसचिवको जिम्मेवारी दियो। यो सरकार महिलाप्रति उदार देखियो, वर्तमान सरकारप्रति धन्यवाद।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू