काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।
आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ४ तथा डिजेल तथा मट्टितेलको ५ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलको १४९ रुपैयाँ कायम भएको छ । एलपि ग्याँस लगायत अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत रहेको छ ।
निगमले नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने जनाएको छ ।
