जीबी राईको भनिएको ईमेलबारे अनुसन्धान भइरहेको छ – गृहमन्त्री

120

काठमाडौं – गृहमन्त्री रमेश लेखकले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको भनिएको ईमेलबारे अनुसन्धान भइरहेको बताएका छन्।

सत्तारुढ दलको बैठकमा गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका राइको ईमेलबारे ब्रिफिङ गर्दै नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका हुन्।

लेखकले सूर्यदर्शनलगायतका सहकारीको रकम अपचलनमा फरार रहेका जीबी राईको नाममा सञ्चारमाध्यमलाई ईमेल आएको बताएका थिए।

जीबी राईको नाममा केही सञ्चारमाध्यमलाई आएको ईमेलमा लामिछानेकै योजनामा सहकारीको पैसा टीभीमा लगानी गरेको दाबी गरिएको छ।

समाचार वर्गहरू