झाँक्री प्रकाश भुजेलले गरे बौद्ध प्रहरीमा आत्मसमर्पण

159

काठमाडौं – आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

भुजेलले चलाएको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । महिलाको स्थिति गम्भीर रहेको छ ।

दुर्घटनापछि साँखुमा तनाव उत्पन्न भएको छ । स्थानीयले बाटो अवरोध गरेका छन् । उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढासमेत गरिरहेका छन् । प्रहरीले भुजेल समातिएको भन्दै माइकिङ गरेको छ ।

प्रहरीमा जानुअघि भुजेल फेसबुक लाइभमा देखिएका थिए । एक जना साथीको अकाउन्टमा उनको रेकर्डेड लाइभ भिडिओ प्रशारण भएको थियो । भिडिओमा उनले आफूले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको बताएका छन् ।

समाचार वर्गहरू