नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा खोकनामा

14

ललितपुर – नेपाल बङ्गलादेश बैंक लिमिटेडले ललितपुरको खोकनामा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारको क्रममा ९५ औं शाखा ललितपुरको खोकनामा सञ्चालनमा ल्याएको हो । बिहीबार शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार समेत शुभारम्भ गरेको छ ।

उक्त शाखाको औपचारिक उद्घाटन सत्तारुढ दल नेकपाका सांसद पम्फा भुसालले गरे । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिए ।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा विस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समाचार वर्गहरू