नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

141

काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न ८ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

समाचार वर्गहरू