मानवअधिकार दिवसका दिन चाइल्ड नेपालको फुटबल प्रतियाेगिता

26

काठमाडाैं – बालबालिकाहरूका क्ष्रेत्रमा क्रियाशिल संस्था चाइल्ड नेपालले बालबालिकाहरूकै निम्ती अन्तरविद्यालयस्तरीय फुटबल प्रतियाेगिता गरेकाे छ ।

चाइल्ड नेपालले अन्तराष्ट्रिय मानवअधिकार दिवस पारेर फिफा फाउन्डेसनको सहयोग र बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाहरूका लागि फुटबल प्रतियोगिता आयाेजना गरेकाे हाे । चाइल्ड नेपालले फुटबल प्रतियोगिता भद्रकाली फुटसल, चुनिखेल मैदान, र बूढानीलकण्ठ नगरपालिकामा आयोजना गरिएको थियो ।

अन्तरविद्यालयस्तरीय फुटबल प्रतियाेगिता बूढानीलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका, प्रमुख ललित विक्रम सिंह, चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगाल, र प्रशासनिक प्रमुख सुमिता सापकोटाकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे ।

प्रमुख अतिथी तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दँगालले कार्यक्रमको उद्देश्य, महत्व प्रकाश पार्दै खेलकुदले बालबालिकाहरूकाे स्वास्थ्य मात्र नभएर शरिरमा उर्जा प्रदानगर्ने बताए ।

प्रतियोगितामा जनउद्धार मा.वि., महाँकाल जनजागृति मा.वि., श्रीराम आ.वि., नेपाल चार्टर स्कूल, आत्मविकास आ.वि., र मदनआश्रित आ.वि.का बालबालिकाहरूकाे छुट्टाछुट्टै समूह सहभागी रहेका थिए । बालकहरूको तर्फबाट श्रीराम आ.वि. प्रथम, आत्मविकास आ.वि. द्वितीय, महाँकाल जनजागृति मा.वि. तृतीय भएका थिए भने बालिकाहरूको तर्फबाट, नेपाल चार्टर स्कूल प्रथम, जनउद्धार मा.वि. द्वितीय, र मदनआश्रित आ.वि. तृतीय भएका थिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मीठाराम अधिकारी, चाइल्ड नेपालका संरक्षक एवं संस्थापक अध्यक्ष डा. कृष्ण सुवेदी, चाइल्ड नेपालका अध्यक्ष ठाकुर प्रसाद खकुरेल, रोयल भिल्ला रिसोर्टका सञ्चालक श्री पुष्कर मल्ल, चाइल्ड नेपालका कार्यक्रम संयोजक श्री तोयनाथ तिवारी, र वित्त संयोजक श्री सलिना धितालको उपस्थितिमा समापनसाथै पुरस्कार वितरण गरिएको थियो ।

समाचार वर्गहरू