राजावादीको आन्दोलनमा आगजनी र तोडफोड गर्ने थप १८ जना पक्राउ

100
फाइल फोटो

काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुने राजावादीले गरेको आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप २४ जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा भएको आन्दोलनमा निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढु‌ङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेका थिए ।

परिसरले अराजक, तोडफोड र आगजनी गर्ने, प्रहरीमाथि आक्रमण गर्ने, लुटपाट गर्ने, अवस्था आतङ्कित पारी तथा पार्न लगाई पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटाई मानिसको ज्यानै लिने समेतका आपराधिक कार्यमा संलग्न रहेका थप २४ जनालाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन तीन दिनको मिलान म्याद  अनुमति प्राप्त भई अनुसन्धान भईरहेको जनाएको छ ।

प्रहरीले यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणासहित ४१ जनालाई यस अघि पक्राउ गरेको थियो ।

समाचार वर्गहरू