नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रले अदालत पुऱ्यायो

64

(काठमाडौं) – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै तनहुँका एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

तनहुँको श्री जनजौ कुमारी शाही प्राथमिक विद्यालयकी शिक्षिका अनिता पोखरेलविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

शाहीले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासीबाट प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेको झुठ्ठा प्रमाणपत्र पेश गरी २०५६ मङ्सिर १० देखि २०७५ चैत ८ गतेसम्म शिक्षिकाका रुपमा काम गरेको आयोगले जनाएको छ ।

शाहीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी सहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

समाचार वर्गहरू