रासस – लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध त्यहाँका हजारौँ नागरिक प्रदर्शनमा उत्रिएका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै निवासनजिकै प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियबको नियुक्तप्रति उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री भएको भन्दै उनलाई अस्विकार गरिएको बताइएको छ । अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको प्रदर्शनकारीले बताएका छन् ।
स्वतन्त्र व्यक्तिहरुको सहभागीतासहित सरकार पुनर्गठन गर्न उनीहरुले माग गरेका छन् । तर, आफूलाई सघाएका दलहरुको दबाबका कारण नयाँ प्रधानमन्त्री दियब सरकार पुनर्गठन गर्न असफल हुँदै आएका छन् ।