उदयपुरमा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

115

काठमाडौं – उदयपुरको कटारी नगरपालिका–४ गबुवाकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

शनिबार बेलुका बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कटारी–४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

पीडित बालिकाले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।

योगीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

समाचार वर्गहरू