सत्तारुढ दलका शीर्ष नेताहरू बालुवाटारमा

111

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको छ।

आज बालुवाटारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो।

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का छन्।

भेटवार्तामा संसद्को अवरोध, बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समाचार वर्गहरू