नेकपा प्रवत्ताः उपसभामुखले राजीनामा नदिएसम्म मुलुकले सभामुख पाउँदैन

23

मध्यविन्दु/काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चितता हुने बताएका छन् ।
गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै मुलुकले छिटो सभामुख पाउनु पर्ने उल्लेख गर्दै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताए । श्रेष्ठले भने, ‘उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चितता हुन्छ ।’ उपसभामुखले राजीनामा नदिएसम्म मुलुकले सभामुख पाउने अवस्था नरहेको उल्लेख गरे ।
सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेकोले उपसभामुखले राजीनामा दिन ढिला गर्न नहुने उनले बताए । श्रेष्ठले भने, ‘उहाँले राजीनामा नदिए के हुन्छ ? भन्ने सोचिनसकेको र उहाँ वौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । उहाँले विवेक प्रयोग गरेर राजीनामा दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौ ।’
उनले सभामुख शिवमाया तुम्बाहाङ्फे नै बन्न पनि उपसभामुखबाट राजीनामा दिनुपर्ने बताए ।

समाचार वर्गहरू