ओली–प्रचण्ड भेटवार्ता गर्दै, सभामुखको विषयमा निर्णय होला ?

43

मध्यविन्दु/काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता हुने भएको छ । केही दिनको सम्वादहिनता तोड्दै प्रधानमन्त्री समेत रहेका ओली र ‘प्रचण्ड’वीच बिहीबार भेटवार्ता हुने भएको हो ।

सचिवालयका एक सदस्यका अनुसार सभामुख चयन प्रकृया बारे नै छलफल हुनसक्ने सम्भावना छ । सभामुख चयनको विषयमा कुरा नमिलेपछि दुई अध्यक्षबीच संवाद हुन सकेको छैन ।

दुवैले आ–आफ्नो अडान नछाडेपछि यसअघिका छलफलमा सभापति को बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन् । जसका कारण प्रतिनिधि सभा बैठक समेत पटक पटक स्थगित हुँदै आएको छ ।

समाचार वर्गहरू