देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

LIVE : नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिँदै

0

(काठमाडौं) – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक केहीबेर अघि सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो । सोही छलफलमा क्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हुन् ।

जेठ दुई गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा जेठ ४ गते ३९ जना र ५ गते ६७ जना गरी कुल १ सय ६ जना सांसदले भाग लिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार