अख्तियारका सचिव न्यौपानेलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

23

(काठमाडौं) – सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी मुद्दाको अभिलेख लिएर १५ दिनभित्रै उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई आदेश दिएको छ ।

न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले गृह मन्त्रालयको सचिव बन्ने लाईनमा समेत रहेका न्यौपानेलाई सो मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र अनिवार्य उपस्थित हुन भनेको हो ।

नेपाल आयल निगमका तात्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक–पटक ताकेता गर्दा पनि दिन नसकेपछि सर्वोच्चको यस्तो आदेश आएको हो ।

आदेशमा भनिएको छ, “कागजात अभिलेख खोजी गरी पेश गर्न १५ दिनको समय प्राप्त हुने गरी यो मुद्दामा पेशी तोक्नु र सो पेशीका दिन आयोगका सचिव स्वयम् निर्णय फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रुपमा उपस्थित हुनु ।”

सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने आदेशमा उल्लेख छ ।

समाचार वर्गहरू