अख्तियारको मुख्यालय घेर्न पुगेका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ

30

मध्यबिन्दु/काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय घेर्न पुगेका साझा पार्टीका एक दर्जन नेता–कार्यकर्ता पक्राउ परेको छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई जोगाउन खोजेको भन्दै प्रदर्शनमा उत्रेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेतालाई जोगाउने प्रयास गरेको भन्दै अख्तियारविरुद्ध नाराबाजी गर्दै अख्तियारको मुख्यालय टंगाल पुगेका थिए ।

अख्तियार ठूला नेताहरुको भर्तीकेन्द्र भएको आरोप लगाउँदै उनीहरुले ‘हचुवाको भरमा कारबाही गरेको र कारबाही नगर्नुपर्ने मान्छेलाई कारबाही गरिएको’ जस्ता नारा लगाएका थिए ।
उनीहरुले एक देशमा दुई कानून मान्य नहुने, ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो पाराले कसरी चल्छ अख्तियार ?’ जस्ता नारा लगाउँदै विरोध जनाएका थिए ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा १७५ जना विरुद्ध मुद्दा चलाएको अख्तियारले नेकपाका नेता माधव कुमार नेपाल, विष्णु पौडेल लगायतलाई मुद्दा चलाउन नपर्ने जनाएपछि विरोध चर्केको हो ।

समाचार वर्गहरू