सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ आज नहुने

21

मध्यबिन्दु/काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ आज आइतबार नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले उक्त रिटको सुनुवाइ गर्न नमिल्ने भएपछि आज हुने भनिएको सुनुवाइ नहुने भएको हो ।
फुँयालले न्यायाधीश हुनुअघि नै कानून व्यवसायीको हैसियतमा बहस गरेकाले उनले सापकोटाको मुद्दा हेर्न नमिल्ने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुयालको एकल इजलासमा मुद्दाको पेशी तोकेका थिए ।

सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माओवादी युद्धको समयमा वि.सं २०६२ वैशाख १६ गते सापकोटाको नेतृत्वमा काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरण पछि हत्या भएको आरोपमा अदालतमा मुद्दा छ ।

सापकोटालाई आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखमा निर्विरोध निर्वाचत भएको घोषणा गर्दैछ ।

समाचार वर्गहरू