काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने करिब पक्का भएको छ । एमाले विश्वस्त स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।
‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएअनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।
अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।
यस बिषयमा नेता रावल सँग सम्पर्क गर्दा आफुलाई यो बियमा जानकारी नभएको बताए ।