अज्ञात समूहद्वारा भोजपुरको दुई वडा कार्यालयमा आगजनी

20

भोजपुर – भोजपुरको दुई वटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसाद राई गाउँपालिको २ नं वडा कार्यालय र पौवादुङको ३ नं वडा कार्यालयमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङको ३ नं वडाकार्यालयको ताला ह्याक्सोले काटेर कार्यालयको कागज पत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको छ । उता रामप्रसाद राई गाउँपालिकाको २ नं वडा कार्यालय भने पूर्णरुपमा ध्वस्त भएको छ ।

घटनाको थप विविरण नआइसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू