काठमाडौं – हनी ट्र्याप घुस प्रकरणमा अनुसन्धानमा तानिएकी भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाही फरार भएकी छन्।
ललितपुर प्रहरी स्रोतका अनुसार उनी हाल सम्पर्कमा छैनन्। उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्।