अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

12

काठमाडौं – नागरिकता प्रकरणमा छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले बताए । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

सिरोहियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पक्राउ गरेको थियो । उनलाई मङ्गलबार राति नै जनकपुर पुर्याइएको थियो ।

मङ्गलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनलाई बुधबार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो भने करिब १२ बजे अदालतमा उपस्थित गराइएको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू