मेलम्ची-सेवा नै धर्म हो भन्ने भनाईलाई अनन्त क्षमता केन्द्र काठमाण्डौले चरिथार्थ गरेको छ। कोभिड महामारि शुरु भए देखि नै मेलम्ची नगरपालिकामा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
निवुगाउँ स्वास्थ्य इकाई केन्द्रमा आज वडा अध्यक्ष सन्त बहादुर तमाङ्गलाई संस्थाका अध्यक्ष अमृत तिवारीले स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन्।
यस वडाका समाजसेवी रामचन्द्र दुलाल,शंकर खतिवडा ,कुमार चौलागाई,र बुद्धि बहादुर तमाङ्ग लगायतको पहलमा पाँच थान ४० लिटरको सेट सहित अक्सिजन् ,अक्सिजन कन्सेटर मेसिन,अक्सोमिटर,थर्मल गन,माक्स,वेड सिट,जस्ना,तन्जा,सिरानी लगायत सामाग्री निवुगाउँमा पाँच बेड सहितको आइसुलेसन लाई आवश्यक सामाग्री स्वास्थ्य इकाईका संयोजक कमला ढुंगेललाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महांसघ काठमाण्डौका उपाध्यक्ष रामचन्द्र दुलालले स्वास्थ्य सामाग्री सहयोगले मेलम्ची २ का जनतालाई कोरोनामा सहयोग गर्ने यस संस्थाप्रती ऋणि स्थानियबासी भएको बताउँदै,संस्थाको प्रगतिकव कामना गरे।
मेलम्ची न पा २ का अध्यक्ष सन्त बहादुर तमाङ्गले पटक पटक सहयोग गरेकोमा धन्यवाद र यहाँ सम्म आउन समन्वय भूमिका निर्वाह गर्ने सबैमा आभार व्यक्त गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष अमृत तिवारीले हरेक सुख दुखमा सधै हातेमालो गरि अगि बढ्ने बताए। मेलम्ची २ लाई महिलो प्राथामिकतामा राख्ने स्वास्थ्य र शिक्षामा काम गर्ने वताए।
कार्यक्रममा मेलम्ची २ का स्थानिय,समाजसेवी हर्क बहादुर तमाङ्ग,शंकर खतिवडा,ऋषि राम दुलाल,कुमार चौलागाई ,बुद्धि बहादुर तमाङ्ग लगायतको उपस्थिती रहेको थियो।