अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न ५ पक्राउ

18

(काठमाडौं) – अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका-३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका-५ हाँडीगाँउ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन छन् ।

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय सुशिल गुरुङ रहेका छन् ।

उपत्यकाको विभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका ब्यक्तिहरुले अनलाईनमार्फत ठगी धन्दा संचालन गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू