अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे उद्घाटन गर्न खप्तड जाँदै प्रधानमन्त्री दाहाल

3
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलवार खप्तड जाने भएका हुन् ।

सुदूरपश्चिमकाे प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा पहिलाे पटक आयाेजना हुन लागेकाे अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलवार खप्तड जान लागेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा सम्मेलन हुन लागेकाे सम्मेलन बिहीवारसम्म सञ्चालन हुनेछ ।

खप्तड व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहेको बताए ।

योग गुरु रामदेव पनी आज खप्तड पुग्ने र बालकृष्णसहित सम्मेलनका मूल आयोजक समितिका संयोजक एवम् प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली हिजो साेमवार नै खप्तड पुगिसकेकाे छ ।

आध्यात्मिक पर्यटनको प्रवर्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताए ।

सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झन्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू