अन्तर्राष्ट्रिय कोषबाट सहुलियतपूर्ण ऋण लिन अर्थलाई स्वीकृति

36

काठमाडौँ – सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (इफाड) बाट सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं सञ्‍चार तथा सूचनाप्रविधि मन्त्री युवराज खतिवडाले इफाडबाट करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको जानकारी दिए ।

मन्त्रालयलाई आवश्यक वार्ता टोली गठन गरेर सम्झौता अगाडि बढाउन स्वीकृति दिने निर्णय गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

अर्थ मन्त्रालयको प्रस्तावमा कृषि विकासका लागि इफाडबाट सहुलियतपूर्ण ऋण लिने लागिएको मन्त्री खतिवडाले बताए ।

 

समाचार वर्गहरू