अपहरण तथा शरीर बन्धक कसूरका आरोपित पक्राउ

18

कास्की – अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भई हाल कास्की पोखरा महानगरपालिका-२३ बस्ने ४२ वर्षीय बसन्त लामा, सोही महानगरपालिका बस्ने ४५ वर्षीय भरतराज भण्डारी र ४५ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

उनीहरूले पोखरा महानगरपालिका-२३ बस्ने २९ वर्षीय महादेब सापकोटालाई भदौ ८ गते दिउँसो सोही ठाउँको खहरे खोलास्थित निर्माणाधिन पुलबाट अपहरण पश्चात बसन्त लामाको फ्ल्याटमा थुनी राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै सापकोटाको उद्धार गरी प्रहरीले घटनामा प्रयोग भएको बा. १४ च ८२७९ नम्बरको गाडी समेत बरामद गरेको छ ।

उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

समाचार वर्गहरू