अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार छ : मन्त्री गुरुङ

21

रासस/काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने बताएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घ नेपालको १३औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले आगामी वर्षको कार्ययोजना तयार गर्दा शारीरिक अपाङ्गता भएका व्यक्तिको सहकार्यमा नै तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले भने, “यसअघि जे जसरी भौतिक संरचना निर्माण भए पनि आगामी दिनमा निर्माण हुने सबै भौतिक संरचना अपाङ्गमैत्री निर्माण गर्नुपर्छ ।”

महासङ्घका अध्यक्ष बालकृष्ण गैरेले शारीरिक अपाङ्गता भएका व्यक्तिको समस्यालाई सहज बनाउनका लागि तीनै तहका सरकार एक भएर लाग्नुपर्ने बताउँदै कूल अपाङ्गता भएका व्यक्तिमध्ये ५० प्रतिशत शारीरिक अपाङ्ग भएका व्यक्ति भएको बताए ।

कार्यक्रममा सहभागीले घरवारविहीन तथा समुदायमा स्वावलम्बन जीनवयापन गर्न इच्छुक शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि जनता आवास कार्यक्रमअन्तर्गत उपयुक्त व्यवस्था गर्न सरकासँग माग गरेका छन् ।

समाचार वर्गहरू